logo
  • Tuesday, 21 January 2025

पुस्तकालय उद्घाटन

Published Date : February 13, 1997

१८– पुस्तकालय उद्घाटन

वागलुङ, २  फागुन । जिल्ला सदर मुकाममा रहेको विद्या मन्दिर पुस्तकालयको स्वर्ण जयन्तीको उपलक्षमा आयोजना गरिएको सरस्वती पूजा तथा  पुस्तकालय अक्षयकोष स्थापना समारोहको सो कोष स्थापना समितिका संयोजक व्दय पुष्पमान श्रेष्ठ र शत्रुघन श्रेष्ठले हालै  उद्घाटन गर्नु भयो।

समारोहमा सो कोषका वुद्धिप्रसाद पौडेलले रु. २ लाख २१ हजारको रकम पुस्तकालय व्यवस्थापनको लागि संरक्षक पूर्व राज्य मन्त्री ओमकारप्रसाद गौचनलाई हस्तान्तरण गर्नु भयो ।

समारोहमा सांसद गोविन्दराज अधिकारीले २००५ सालमा उक्त पुस्तकालयको स्थापना स्व. ओमप्रसाद गौचन र मेघ गौचनको सक्रियतामा गरिएको जानकारी दिदै उक्त पुस्तकालयको संरक्षण गर्न सवैसंग आग्रह गर्नु भयो ।

पुस्तकालयका अध्यक्ष विन्दुसागर राजभण्डारीको सभापतित्वमा भएको उक्त समारोहमा विभिन्न वक्तले पुस्तकालयको महत्व माथि    प्रकाश पार्नु भएको थियो ।

उक्त अक्षय कोषका लागि  रकम हाल काठमाडौंमा वसिरहेका २५ जना वाग्लुङेहरुको समूहले प्रदान गरेको थियो ।रासस

––––

Top