logo
  • Sunday, 16 February 2025

पर्यटन गोष्ठीको तयारी

Published Date : February 13, 1997

काठमाडौं, २ फागुन २०५३ । उड्डयन, भौतिक सुविधा र वातावरणीय अवस्थाको प्रवध्र्दन गरी दिगो पर्यटन विकासका लागि व्दिपक्षीय सहयोगको अभिवृध्दि गर्ने उद्देश्यले  ैपर्यटन, उड्डयन तथा वातावरण  ैविषयक एक दिने गोष्ठी भोलि यहां आयोजना गरिने भएको छ । 

उड्डयन तथा दिगो पर्यटन सम्वन्धी संस्था भारत फास्टव्दारा आयोजित सो गोष्ठीमा श्री ५ को सरकार, पर्यटन मन्त्रालय, नेपाल होटल संघ, नेपाल ट्राभेल एशोसिएशन संघ लगायतका पर्यटन व्यवसायीहरुको सहभागिता रहने कुरा आज यहां आयोजित पत्रकार सम्मेलनमा वताइयो । 

एशियाली विकासोन्मुख राष्ट्रका पर्यटन सम्वन्धी समस्या एउटै किसिमका रहेकोले आपसी छलफल र सामुहिक प्रयासव्दारा नै यस क्षेत्रमा देखापरेका चुनौतीहरुको सामना गर्न सकिने कुरा फास्टका अध्यक्ष डा.एस.एस.सिन्धुले पत्रकारहरुलाई वताउनु भयो । रासस

–––––––

Top