logo
  • Sunday, 16 February 2025

जापानका राजकुमारको नेपाल भ्रमण

Published Date : February 13, 1997


(भोलि फागुन ३ गते प्रचार प्रसार गर्ने)

काठमाडौं, ३ फागुन २०५३ । श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह तथा श्री ५ अधिराजकुमारी कोमल राज्यलक्ष्मी देवी शाहको निमन्त्रणामा जापानका राजकुमार आकिशिनो तथा राजकुमारी किकोवाट यही फागुन १६ गतेदेखि २० गतेसम्म नेपाल अधिराज्यको औपचारिक भ्रमण गरिवक्सने भएको छ । 

उक्त कुरा श्री ५ महाराजाधिराजका प्रमुख सम्वाद सचिवालय राजदरवारवाट आज प्रकाशित सूचनामा जनाइएको छ । रासस

–––––––

Top