logo
  • Tuesday, 16 July 2024

प्रधानमन्त्री – पार्टी कार्यकर्ता भेटघाट

Published Date : February 13, 1997

२१— प्रधानमन्त्री – पार्टी कार्यकर्ता भेटघाट

पोखरा, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टी कार्यकर्ताहरुमा देखा पर्ने आपसी मतभेद विर्सी  पार्टीलाई एक ढिक्का वनाएर अगाडि वढाउन सकेमा मात्र भविष्यमा आइपर्ने  ठूल–ठूला चुनौतीहरु पनि नेपाली कांग्रेसले सामना गर्न सक्ने विश्वास व्यक्त गर्नु  भएको छ  ।

नेपाली कांग्रेस कास्की जिल्ला समितिव्दारा आज यहां आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले  सो कुरा बाताउनु भएको हो ।

उहांले निकट भविष्यमा स्थानीय निर्वाचन हुने भएकोले स्थानीय क्षेत्रका लोकप्रिय र सवै जनताको मन जित्न सक्ने व्यक्तिलाई उम्मेदवार  बनाउनु पर्ने र सम्पूर्ण पार्टी कार्यकर्ताले एक भएर समर्थन गर्न सकेमा चुनाव सजिलै संग जित्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

उहांले आप्ठ्यारो र वाध्यात्मक रुपमा वनेको वर्तमान संयुक्त सरकारलाई प्रतिपक्षीले वारम्वार हटाउने  अभियान चलाएको वेलामा पनि सरकारले देश र जनताको लागि दूरगामी एवं सकारात्मक असर पर्ने  थुप्रै ठूल–ठूला विकास योजना संचालन गरेको चर्चा गर्नु  भयो ।

प्रधानमन्त्रीले सवै पार्टी कार्यकताहरुलाइ जनताको घर दैलोमा गएर उनीहरुको सुख, दु:खमा सहयोग गर्न निर्देशन दिनु भयो ।

विना विभागीय मन्त्री शरद सिंह भण्डारीले प्रतिपक्षले सरकारको विरुद्ध झुठृा कुराको प्रचार, प्रसार गरेर जनतालाइ भ्रमित पारेको वेलामा पार्टी कार्यकर्ताहरुले सरकारले गरेका वास्तविक उपलव्धि जनता समक्ष पु–याउन नसकेको गुनासो गर्नु भयो ।

मन्त्री भण्डारीले वढ्दो युवा वेरोजगारीले देशलाई नै आक्रान्त पारेकोले श्री ५ को सरकारले रोजगारी प्रवद्र्धन आयोग गठन गरेको स्मरण गराउंदैे मुलुक भरका युवा वेरोजगारको तथ्यांक संकलन गरी निजी तथा सरकारी क्षेत्रवाट संचालित शीपमूलक तालीमवाट समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

सामान्य प्रशासन सहायक मन्त्री मीनवहादुर खत्रीले निकट भविष्यमा देशका सवै जिल्ला , नगर र गाउंमा स्थानीय चुनाव गरिनु पर्ने भएकोले पार्टीले केन्द्रदेखि गाउंसम्मकापार्टी विवाद सुल्झाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।
सांसद कृष्णवहादुर गुरुड.ले पार्टी कार्यकर्ताहरुले वर्तमान संयुक्त सरकार टिक्छ वा टिक्दैन भन्ने चिन्त्ता लिन  नहुने वताउदै वरु स्थानीय निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई कसरी  जिताउन सकिन्छ त्यस प्रति वढी चिन्तित हुनु जरुरी छ भन्नु भयो।
        
अर्का सांसद लालकाजी गुरुङले पार्टी कार्यकर्ताहरुले आपसमा देखापरेका मतभेद  विर्सेर पार्टी संगठनलाई अगाडि वढाउनु पर्ने कुरा वताउनु भयो ।

नेपाली कांग्रेस कास्की जिल्ला समितिका ससभापति शुक्रवार शर्माको सभापतित्वमा भएको सो समारोहमा पोखरा उप–महानगरपालिकाका प्रमुख भोला थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवा तनहूं र कास्कीमा हिजो र आज आयोजित विभिन्न कार्यक्रममा सहभागि भई आजै राजधानी फर्कनु भयो ।रासस

–––

Facebook Comments

Top