logo
  • Sunday, 25 February 2024

सांगीतिक कार्यक्रम

Published Date : February 13, 1997

२३— सांगीतिक कार्यक्रम

विराटनगर,२ फागुन २०५३ । स्वर संगम संगीतालयव्दारा सो संस्थाको दोश्रो वार्षिकोत्सव तथा सरस्वती पूजाको अवसरमा हिजो यहां विविध सांगीतिक कार्यक्रम प्रदर्शन गरियो ।

समारोहमा प्रमुख अतिथि विराटनगर उपमहानगरपालिकाका प्रमुख अशोक कोइरालाले शास्त्रीय संगीतको संरक्षण र सम्वद्र्धन गरिनु पर्ने वताउनु भयो ।

प्राज्ञ दधिराज सुवेदीले साहित्य र कलाकार कसैले वनाएर नवन्ने भएकोले यस कार्यमा अझै अग्रसर भै लाग्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।

संगीतालयका सभापति कुशेश्वर राईको सभापतित्वमा भएको सो समारोहमा पूर्वान्चल कलाकार संघका अध्यक्ष सागर ढुंगेलले शास्त्रीय संगीतको उत्थान गरिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

संगीतालयव्दारा गत शनिवार आयोजित नगर स्तरीय मा.वि. आधुनिक गीत प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई प्रमुख अतिथि कोइराला र संगीतालयका सभापति राईले नगर पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नु भएको थियो  ।

सो प्रतियोगितामा गायन तर्फ देवकोटा मेमोरियल स्कूलकी छात्रा श्वेता रिजालले प्रथम भै रु. एक हजार ५००।— , सेन्ट जोसेफ आवासीय मा.वि.की छात्रा रक्षा अमात्यले व्दितीय भै रु. एक हजार २००।— र देवकोटा मेमोरियल स्कूलकी छात्रा विवेका कोइरालाले तृतीय भै रु. एक हजार प्राप्त गरिन् भने उत्कृष्ट संगीतकारको  पुरस्कार सेन्ट जोसेफ आवासीय मा.वि. का सुरेन्द्र थिङ्गले र उत्कृष्ट रचनाकारको पुरस्कार विराट आवासीय मा.वि.का उमा गौत्तमले प्राप्त गरे ।

गत १५ गते आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई संगीतालयका संस्थापक कृष्णराज कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।रासस

——

Facebook Comments

Top