logo
  • Tuesday, 16 July 2024

श्री ५ भ्रमण–तयारी

Published Date : February 13, 1997

२६— श्री ५ भ्रमण–तयारी

कंचनपुर, २ फागुन २०५३ । श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव आगामी ५ गते  जिल्लाको सदरमुकाम महेन्द्रनगर सवारी होईवक्सने कार्यक्रम छ ।

श्री ५ महाराजाधिराज महेन्द्रनगर सवारी होईवक्संदा मौसुफको हर्षाेल्लासका साथ स्थागत अभिनन्दन गर्न जिल्ला विकास समितिका सभापति वलदेव वोहराको अध्यक्षतामा स्वागत समारोह समिति गठन गरिएको छ ।

सुदूर पश्चिमान्चल विकास क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु, सांसदहरु ,राजपरिषदका सदस्यहरु,  जिल्ला विकास समितिका सभापति, उपसभापति, क्षेत्रीय सदस्यहरु, विभिन्न पार्टीका प्रमुखहरु, कंचनपुर जिल्ला अन्तर्गतका १९ गाउं विकास समितिका अध्यक्षहरु, नरपालिकाका प्रमुख, उपप्रमुख, कार्यालय प्रमुखहरु, पत्रकारहरु, व्यापारी,वुद्धिजीवी, समाजसेवीहरु रहेको उक्त स्वागत अभिवादन मूल समिति अन्तर्गत १० वटा  उपसमितिहरु गठन गरिएको कुरा जिल्ला विकास समितिको कर्यालयले जनाएको छ ।

श्री ५ महाराजाधिराज महेन्द्रनगर सवारी होईवक्संदा भव्य समारोहका वीच सुदूर पश्चिमान्चल विकास  क्षेत्रका नागरिकहरुको तर्फवाट सभापति वलदेव वोहराले नागरिक अभिनन्दनपत्र चढाउनु हुने कार्यक्रम छ ।        
सोही दिन मौसुफको वाहुलीवाट नवनिर्मित ५० शैय्याको महाकाली अंचल अस्पताल भवनको समुद्घाटन गरिवक्सने छ ।
श्री ५ महाराजाधिराजको स्वागतार्थ महेन्द्रनगरका जनताले हर्षाेल्लासका साथ नगर सजाउने र  नगरको ठाउं ठाउंमा  रंगीचंगी स्वागतव्दार निर्माण गर्ने कार्यहरु  गरिरहेका छन् ।

मौसुफवाट वि.सं. २०४३ को क्षेत्रीय भ्रमण उपरान्त प्रजातन्त्रको पुनर्वहाली पछि यस क्षेत्रमा यो पहिलो भ्रमण हुने बताइएको छ ।रासस


––––––

Facebook Comments

Top