तनहूं(दमौली), २ फागुन २०५३ । तनहूंको दमौलीमा आयोजना गरिएको राष्ट्रिय साहित्य सम्मेलनको दोश्रो दिन आज विशिष्ट आमन्त्रित साहित्यकारहरु, प्रतियोगी एवं अप्रतियोगी कविहरुव्दारा कविता वाचन गर्ने काम जारिरह्यो ।
जनकवि केशरी धर्मराज थापाको सभापतित्वमा भएको कार्यक्रमको पहिलो चरणमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दीक्षितले कवि लक्ष्मण पाण्डे ैछवि ैव्दारा लिखित कविता संग्रह ैप्रेरणा ैको विमोचन गर्नु भयो ।
उक्त कृति माथि कवि दैवज्ञराज न्यौपानेले टिप्पणी गर्नु भएको थियो ।
कविवर माधव घिमिरेले सभापतित्व गर्नु भएको दोश्रो चरणमा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले त्रिवेणी साहित्य परिषद् नवलपरासीव्दारा प्रकाशित युवा कवि कृष्ण कंडेलव्दारा लिखित ैवुध्दका आंखाको देश ैकाव्य कृतिको विमोचन गर्नु भयो । सो कृति माथि त्रिवेणी साहित्य परिषद्का सचिव गोविन्द राजले टिप्पणी गर्नु भएको थियो ।
उक्त साहित्य सम्मेलनमा देश भित्र र वाहिरका एकसय तीन जना प्रतियोगी एवं ६५ जना अप्रतियोगीहरुले कविता वाचन गर्ने वताइएको छ । रासस
––––––––