logo
  • Sunday, 12 January 2025

संरक्षण पुरस्कार प्रदान

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । अमेरिकी राजदूत स्याण्डी भोगेल गेसाङ्गले डा.मुकेशकुमार चालिसेलाई आज यहां संरक्षण पुरस्कार–१९९६ प्रदान गर्नु भयो । 

अमेरिकन सोसाइटी अफ प्राइमेटोलोजिष्टव्दारा वातावरणीय संरक्षणमा विशेष योगदान पु–याए वापत प्रदान गरिएको सो पुरस्कारको राशी ५०० अमेरिकी डलर रहेको छ। 

सो अवसरमा अमेरिकी राजदूत भोगेल गेसाङ्गले वातावरणको संरक्षण नेपाल तथा अमेरिका सवैको चासोको विषय भएको वताउंदै वातावरण संरक्षणमा योगदान पु–याउने व्यक्तिलाई प्रत्येक वर्ष सो पुरस्कार प्रदान गरिएको जानकारी दिनु भयो । 

सो अवसरमा काठमाडौं विश्वविद्यालयका उप–कुलपति डा.सुरेशराज शर्मा तथा डा.चालिसेले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । रासस

–––––––

Top