logo
  • Monday, 4 March 2024

श्री ५ अधिराजकुमारी श्रुतिको जीवनी

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाहको शुभ जन्म विक्रम सम्वत् २०३३ साल असोज ३० गतेका दिन नारायणहिटी राजदरवारमा भएको हो । 

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ वडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहका मौसूफ एक मात्र सुपुत्री तथा ब्दितीय सन्तान होइवक्सन्छ । 

मौसूफवाट नेपालमा कान्ति–ईश्वरी शिशु विद्यालय र सेण्ट मेरिज विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरिवक्सेको थियो । 

सम्व्त २०४८ मा एस.एल.सी.परीक्षा सफलतासाथ सम्पन्न गरिवक्सेपछि मौसूफवाट भारतको अजमेरस्थित मेयो कलेज गल्र्स स्कूलमा प्रवेश गरिवक्सी विक्रम सम्व्त २०५१ मा कक्षा १२ को परीक्षा उत्तीर्ण गरिवक्स्यो । 
त्यसपछि मौसूफ त्रिभुवन विश्वविद्यालयवाट मानविकी तथा समाज शास्त्र स्नातक तहको परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण होइवक्स्यो । 

मौसूफ वाल्यकालदेखि नै चित्रकलामा सौख राखिवक्सिन्छ । रासस

––––––––––

Facebook Comments

Top