logo
  • Sunday, 25 February 2024

निर्वाचन अदालतको म्याद थप

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । श्री ५ को सरकारले पूर्वान्चल तथा मध्यमान्चल विकास क्षेत्र अन्र्तगत पर्ने जिल्लाहरुको लागि गठित निर्वाचन अदालतको म्याद समाप्त भएको मितिले ३ महिना सम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

कानून तथा न्यायमन्त्रालयका अनुसार रुपन्देही जिल्ला क्षेत्र नं. २ र वैतडी जिल्ला क्षेत्र नं. १ को हालै सम्पन्न उप–निर्वाचन सम्वन्धमा निर्वाचन (अपराध र सजाय) ऐन २०४७ अन्र्तगतको मुद्दाको कारवाही र किनारा गर्न समेत मध्यमान्चल विकास क्षेत्र अन्र्तगत पर्ने जिल्लाहरुको लागि गठित निर्वाचन अदालतलाई तोक्ने निर्णय गरिएको छ । रासस

––––

Facebook Comments

Top